Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

लुम्बिनीका कृषिमन्त्री अहिरले दिए राजीनामा

लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थापन मन्त्री भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका छन् ।

अहिर जनता समाज पार्टीका तर्फबाट मन्त्री भएका थिए । पार्टीले मुख्यमन्त्री डिल्ली चौधरीलाई विश्वासको मत नदिने भएपछि मन्त्री अहिरले राजीनामा दिएका हुन् ।

लुम्बिनीमा आज मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक बोलाइएको छ ।