Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

आज पनि ह्वात्तै बढ्यो सुनको मूल्य, बनायो नयाँ कीर्तिमान

नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रुपैँया १ हजारले वृद्धि भइ हालसम्मकै उच्च मूल्य कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला रुपैँया १ लाख ३३ हजारमा कारोबार भएको छापावाला सुन आज रुपैँया २ हजारले बढेर रुपैँया १ लाख ३४ हजार बराबरको मूल्य निर्धारण भएको छ ।

तेजाबी सुन बुधबार प्रतितोला रु १लाख ३२ हजार ३ सय ५० मा कारोबार भएकामा आजका लागि भने रुपैँया १ लाख ३३ ३ सय ५० बराबरको मूल्य निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि तोलामा रुपैँय ४० ले वृद्धि भएको छ । बुधबार प्रतितोला रुपैँया १ हजार ६ सय १० मा कारोबार भएकामा आजका लागि भने रुपैँय १ हजार ६ सय ५० बराबरको मूल्य निर्धारण भएको छ ।