Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

टिचिङ्ग हस्पिटलभित्र विष्फोट, बिरामीहरू अत्तालिएर भागदाैड

त्रिवि शिक्षण अस्पतालको भवनभित्र विस्फोट भएको छ ।  भित्री कोठाबाट विस्फोटको आवाज आएसँगै मानिसहरूको भीड जम्मा भएको छ ।

त्रिवि शिक्षण अस्पतालको सेमिनार हलको एयरकन्डिसनर (एसी)को पाइप पड्किएको त्रिवि शिक्षण अस्पतालले जानकारी दिए । प्रहरीले भने विस्तृत जानकारी नभएको र सूचना संकलनको काम भइरहेको जनाएको छ ।

प्रत्यक्षदर्शी रहेका यमुना बुढाका अनुसार भित्र कोठाबाट चर्को आवाजमा विस्फोटको आवाज खाएसँगै आसपासमा सबै मान्छे बाहिर भागेका थिए । उपचारका क्रममा त्यहाँ पुगेको बिरामीहरू अत्तालिएपछि प्रहरीले सबैलाई शान्त हुन आग्रह गरेको छ ।