Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

उपनिर्वाचन: काँग्रेसबाट इलाममा डम्बर खड्का र बझाङमा अभिषेक सिंह उमेदवार

नेपाली काँग्रेसले उपनिर्वाचनका लागि उमेदवार टुंगो लगाएको छ ।

आज बसेको बोर्ड बैठकले इलाम क्षेत्र नम्बर २ मा डम्बर खड्का र बझाङ १ (क) मा अभिषेक सिंहलाई उमेदवार बनाउने निर्णय गरेको छ । 

काँग्रेसले इलाम-२ मा डम्बर खड्कालाई उमेदवार बनाउने निर्णय गरेको हो । संसदीय बोर्ड बैठकले खड्कालाई उमेदवार बनाउने निर्णय गरेको हो ।

खड्का पार्टी सभापति शेरबहादुर देउवानिकट मानिन्छन् ।  आगामी वैशाख १५ गते यी दुई क्षेत्रमा उपनिर्वाचन हुँदै छ ।