पूर्वअर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनीले नेपालको राजनीतिक अस्थिरता कामय रहेसम्म वैदेशिक लगानी आउन नसक्ने बताएका छन् बुधवार ललितपुरमा भएको सार्वभौमिकता सीमा र पानी विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डा.लोहनीले यस्तो बताएका हुन् ।
उनले मुलुकमा धेरै राजनीतिक अस्थिरता भएकाले वैदेशिक लगानी आउन नसक्ने अवस्था रहेको उल्लेख गरे । उनले मुलुकमा राजनीतिक अस्थिरताको कारणले मुलुकमा विकास हुन नसक्ने पनि दाबी गरे । उहाँले छिमेकी देशहरु भारत र चीनमा स्थिर सरकार र स्थायी नीति भएकाले ठूला राष्ट्रहरुले पनि लगानी गरिरहेको दाबी गरे ।
उनीहरुले लगानी गर्नुको कारण पनि भारत र चीनको स्थिर राजनीति र नीतिको कारण रहेको बताए । नेता लोहनीले नेपालमा हरेक एक महिनामा मन्त्रीमण्डल परिवर्तन हुने र एक वर्ष पनि सरकार नटिक्ने अवस्था सिर्जना भएको बताए । उनले वैदेशिक लगानी गर्न चाहने देशहरुले अस्थिर राजनीति देखेर पनि लगानी ल्याउन नमान्ने अवस्था सिर्जना भइरहेको बताए । उनले भारत र चीन सरकारको नीति र नेता विश्वास बढेकाले वैदेशिक लगानी आइरहेको उल्लेख गरे।
उनले राजनीतिक अस्थिरताले वैदेशिक लगानी नआउन मात्रै नभएर मुलुकका नेताहरुको मन पनि बलियो हुन नसक्ने बताए । उनले अस्थिर राजनीतिक अन्त्य गर्न नेपालको संविधान परिर्वतन अहिलेको मुख्य मुद्दा भएको बताए । उनले समानुपातिक प्रणालीले सरकारलाई संघै अस्थायी गरिरहेको बताए । उनले राजनीतिक अस्थिरतालाई करेक्सन गर्नको लागि संविधान संशोधन आवश्यक रहेको उल्लेख गरे । उनले नेपालका भारत र चीनले आफूले भनेको लाइनमा चल्ने सरकार बनोस् भन्ने मान्यता राख्ने बताए।
उनले भने,‘भारत वा चीनले नेपालमा बन्ने सरकार आफूले भनेको लाइनबाट जाओस् भन्ने स्वार्थ हुन्छ । हाम्रो कुरा सुनिदिने सरकार बनोस् अरु कुरा उनीहरुलाई मतलब छैन । नेपालमा नेपाली जनताले मुलुकको हितमा काम गर्न सकुन् भन्ने हो । आर्थिक स्वार्थमा सबै व्यापार भारतसँग हुन्छ । भारतको लागि ७ बिलियन डलरको बजार हो । त्यो बजार कामय रहोस् भन्ने स्वार्थ हुन्छ । नेपालको स्वार्थ त्यो बजारलाई लिनु हुनुपर्छ । भारतसँग १ सय रुपैयाँको आयात १० रुपैयाँको निर्यात गरिरहेका छौं ।
व्यापार र लगानीमा नेपालको स्वार्थ वैदेशिक लगानी भित्र्याउने हो । तर एक वर्षमा तीन पटक मन्त्रीमण्डल परिवर्तन हुँदा कसले लगानी लिएर आउँछ । नेपालको राजनीतिक अस्थिरता बढी भयो । हरेक महिना जस्तो प्रधानमन्त्रीले विश्वासको मत दिनुपर्ने दिन आएको छ । नयाँ सरकार पनि बिदा हुने डर भइसकेको छ । २०७३ सालमा मुलुकमा स्थिरता कायम भयो भनेको त्यहाँबाट धेरै अस्थिरता आइरहेको छ । नेपालका नेताहरुले काम गर्न सक्दैनन् । भारत र चीनमा स्थिर सरकार छ ।
स्थिर सरकार भएकाले वैदेशिक लगानी आइरहेको छ । भारत र चीन सरकारको नीति र नेता विश्वास बढेकाले वैदेशिक लगानी आइरहेको छ । कम्युष्टि देश चीनमा किन पुँजीवादी देशबाट लगानी गयो । नेपालमा वैदेशिक लगानी आउन सक्नुको प्रमुख कारण राजनीतिक अस्थिरता हो । मुलुकमा यही रुपमा राजनीतिक अस्थिरता रहने हो भने वैदेशिक लगानी आउन सक्दैन ।
विकास पनि हुन सक्दैन । नेताहरुको मन पनि बलियो हुन सक्दैन । नेपालको संविधान परिवर्तन अहिलेको मुख्य मुद्दा हो । समानुपातिक भनिएको छ त्यो अस्थायीपातिक हो । सरकारलाई संघै अस्थायी गरिरहने । समानुपातिको मर्मलाई हामीले बुझेका छैनौ । अहिलेको राजनीतिक अस्थिरतालाई करेक्सन गर्नको लागि संविधान संशोधन आवश्यक छ ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले गण्डकीको पानी प्रयोगका विषयमा भएको सम्झौता नेपाल अनकुल नभएको बताए। उनले सम्झौताहरु सबै भारतमुखी भएको बताए। उनले नेपालले सम्झौता गर्ने तर मतलव नगर्ने छिमेकीसँग डिल गरिरहेको बताए । उनले सम्झौता गर्ने तर लेखेको कुरा नमान्ने गरेको बताए ।
उनले भारतलाई खुशी बनाएपछि प्रधानमन्त्री रहिरहन सक्छु भन्ने मानसिकता भएका व्यक्तिले मुलुकको नेतृत्व गरेपछि देशको स्वतन्त्रता नरहने बताए । उनले सरकारले भारतसँग गरेको ऊर्जा व्यापार सम्झौताको विषयमा संसदलाई समेत जानकारी नगराएको बताए । उनले सरकारका प्रतिपक्षले पनि प्रश्न गर्न नसकेको आरोप लगाए ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले भारत र चीनको विकास नेपालको लागि सकसपूर्ण भएको बताए । उने दुई देशको विकास नेपालको लागि सम्भावना मात्रै हुने पर्ने तर सम्भावना बन्न नसकेको बताए उनले सम्भावना बन्न नसक्नुको कारण नेपालको सरकार बनाउन भारतमा निवेदन लिएर जाने गरिएको बताए।
नेता रिजालले सरकार बनाउने निवेदन भारतमा बोकेर जान छोड्ने हो भने भारत र चीन दुवै नेपालको सम्भावना भएको बताए ।उनले जनताको मतबाट संविधान बनाउने भारतको राजनीतिक समिकरण परिवर्तन हुँदा संविधान बदल्छु भन्ने राजनीतिबाट मुलुकको सीमा र पानी दुवै नजोगिने दाबी गरे ।