Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोलाको एक लाख ३३ हजार रुपैयाँ

नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३३ हजार रुपैयाँ पुगेको छ।

मंगलबार सामान्य घटेको सुनको मूल्य बुधबार एकैदिन प्रतितोला एक हजार ८०० रुपैयाँले बढेको हो। यो हालसम्मकै उच्च मूल्य हो। 

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३२ हजार ३५० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार एक लाख ३० हजार ५५० रुपैयाँ थियो।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्यले उचाइ लिइरहेकाले त्यसको असर नेपालमा पनि परेको हो। 

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला एक हजार ५४५ मा कारोबार भएको चाँदी बुधबार एक हजार ६१० रुपैयाँ पुगेको छ।