Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । उनले सो विषयमा छलफलका लागि संसदीय दलको बैठक आह्वान गरेका थिए ।

मंगलबार संसदीय दलमा छलफल गरेका मुख्यमन्त्री पाण्डेले आज मन्त्रिपरिषद् बैठक बोलाएर राजीनामा दिन लागेको जानकारी गराएका थिए । केहीबेरअघि उनले प्रदेशप्रमुख डिल्लीराज भट्ट समक्ष राजीनामा बुझाएका हुन् ।

केन्द्रमा आएको सत्ता फेरबदलपछि मुख्यमन्त्री पाण्डे राजीनामा दिने मनस्थितीमा पुगेका हुन् ।