Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

नाउपामा रेशमले बोलाए बैठक, रञ्जिताले गरिन् खारेज

नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले रेमश चौधरी पक्षले बोलाएको बैठक आधिकारिक नभएको बताएकी छिन् । श्रेष्ठले सूचना निकाल्दै रेमश चौधरी पक्षले बोलाएको बैठक आधिकारिक नभएको बताएकी हुन् ।

केन्द्रीय सदस्य तथा पदाधिकारीलाई सम्बोधन गर्दै उनले निकालेको सूचनामा २३ र २४ गते बोलाएको बैठक आधिकारिक नभएको उल्लेख गरेकी छन् । रेशम पक्षका गंगा चौधरीले २३ र २४ गते बैठक आह्वान गरेका छन् । 

पार्टीको महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकाले सक्कल नागरिकता र मतदाता परिचयपत्र लिएर आउन चौधरीले भनेका थिए ।
हेर्नुस् विज्ञप्तीहरु

undefinedundefined