Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

माओवादीका तत्कालीन सैन्य कमाण्डर कालीबहादुर खाम ठमेलबाट पक्राउ

माओवादी केन्द्रका नेता कालीबहादुर खाम विविध पक्राउ परेका छन् । उनी कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा फरार थिए ।

माओवादीका तत्कालीन सैन्य कमाण्डर कालीबहादुर खाम काठमाडौँको ठमेल क्षेत्रबाट पक्राउ परेको जानकारी छ। व्यापारी रामहरि श्रेष्ठलाई व्यक्ति बन्धक तथा अपहरण गरी हत्या गरेको आरोपमा पक्राउ गरिएको हो।

श्रेष्ठको हत्या कसुरमा उनी फरार रहँदै आएका थिए। सो प्रकरणमा यसअघि पक्राउ परेका लडाकु कमाण्डर गोविन्दबहादुर बटालापछि रिहा भएका थिए।  यही प्रकरणमा पक्राउ परेका अर्का माओवादीका कमाण्डर गोविन्दबहादुर बटाला भने पक्राउ पछि रिहा भएका थिए । खामलाई रामहरी हत्या प्रकरणका प्रमुख योजनाकार मानिन्छ ।

माओवादी लडाकुका पूर्व डिभिजन कमाण्डर उनी माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य छन् । सुरक्षा विभागको नेतृत्वमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा छन् ।