Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

सांसद दिलेन्द्र बडुको प्रश्नः ‘चीनसँगका १४ वटा नाका कहिले खुल्छन् मन्त्रीज्यू?’

नेपाली काङ्ग्रेसका सांसद दिलेन्द्र बडुले दार्चुलालगायत देशका १४ वटा नाकाहरु सञ्चालन गर्ने परराष्ट्रमन्त्रीले दिएको अभिव्यक्तिबारे ध्यानाकर्षण भएको जनाउँदै संसदमा आएर स्पष्ट जवाफको माग गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले प्रधानमन्त्रीले पछिल्लो चीन भ्रमणको क्रममा पनि नाका सम्बन्धी सम्झौता भएको तर आजसम्म पनि खुल्न नसकेको भन्दै यसबारे मन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने बताए ।

उनले भने, ‘उपप्रधानमन्त्री हिजो मात्रै चीनको भ्रमणबाट फर्किनु भएको छ । यस क्रममा कोरोनापछि बन्द भएको दार्चुलालगायत देशका १४ वटा नाकाहरु अब छिटै खुल्ने सम्झौता भएको खबर सुन्नमा आएको छ ।

तर यस्तो सम्झौता प्रधानमन्त्रीको पछिल्लो भ्रमणमा पनि भएको थियो तर अहिलेसम्म पनि त्यो नाकाहरु सञ्चालनमा आउन सकेको छैन् । यो कुन मितिसम्म सञ्चालनमा आउँछ यसको जवाफ मन्त्रीले संसदमा दिनुपर्छ ।’