नयाँ सत्ता समीकरणका दलबीच भएको सहमति अनुसारमा कर्णालीमा नेकपा एमालेले मुख्यमन्त्री पाउने भएको छ । नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेशका इञ्चार्ज कालीबहादुर मल्लका अनुसार कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेलाई दिने सहमति भएको हो ।
सत्ता समीकरणको सहमतिअनुसार पहिलो चरणमा एमाले दिने निर्णय बमोजिम परिपत्र समेत आएको इञ्चार्ज मल्लले बताए ।मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने गरी प्रदेशसभा सचिवालयमा आज पत्र दर्ता गराइसकेका थिए ।
मुख्यमन्त्री शर्माले विश्वासको मत लिने तयारी गरिरहेका बेला विपरीत निर्णय आएपछि कर्णालीमा अन्योलता बढेको छ ।