आज सोमबार पनि सुनको भाउले इतिहास रचेको छ । सुन तोलामा १६ सय रुपैयाँले बढ्दै आज पनि नयाँ रेकर्ड बनाएको हो ।
सुन आइतबार प्रतितोला १ लाख ३० हजार रुपैयाँमा कारोबार थियो । आज छापावाला सुन प्रतितोला १ लाख ३१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
त्यस्तै आज तेजावी सुन तोलामा १ लाख ३० हजार ९५० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ५ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।