Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

सिटिजन्स बैंकद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्षा नेपाललाई सहयोग प्रदान

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्षा नेपाललाई सहयोग प्रदान गरेको छ।

रक्षा नेपालले यौन शोषणमा परेका बालिका, महिला र उनीहरुका बालबालिका, विशेषगरी बेचबिखन र यौन हिंसाको जोखिममा परेका बालबालिकाको सुरक्षाका लागि कानुनी सहयोग प्रदान गर्दै आएको छ ।

चैत १८ गते एक समारोहका बीच रक्षा नेपालमा शरण लिइ बसेका महिला तथा बालबालिकाहरुको लागि दैनिक उपभोग्य खाद्यान्न लगायत अन्य आवश्यक सामाग्रीहरु सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले रक्षा नेपालले गरेको उल्लेखनीय मानवीय कार्यको लागि प्रशंसा व्यक्त गरे ।सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरु बाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप ५ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वाट जिल्लामा सेवा प्रदान गर्नेछ ।