Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

प्रतिनिधिसभा बैठक बस्दै, विद्युत ब्यापार विधेयक प्रस्तुत गरिने

प्रतिनिधिसभाको बैठक आज सोमबार बस्दैछ । 

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयवाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्योहोरा पढेर सुनाउने छन् ।

साथै, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पति भएको ‘विद्युत ब्यापार विधेयक २०८० माथि बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले सार्बजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।