Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

गृहमन्त्री रवि लामिछाने र धरानका मेयर हर्क साम्पाङबीच गृहमन्त्रालयमा भेटवार्ता

हर्क साम्पाङको अभियानमा सहभागी हुने गृहमन्त्री लामिछानेको प्रतिवद्धता

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईबीच गृहमन्त्रालयमा भेटवार्ता भएको छ ।

हर्कलाई भेटेपछि लोकप्रिय जनप्रतिनिधिले मन्त्रालयमै आएर राखेका माग र गरेका गुनासोमा आफुु गम्भीर रहेको गृहमन्त्री लामिछानेले बताएका छन् । साथै माग सम्बोधनको प्रक्रिया तत्काल सुरु गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन् ।

भेटमा धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त सोत–साधनको माग गरेका छन् । साथै कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिले परिणाम खोज्ने हुँदा काम गर्न कठिन भएको गुनासो समेत गृहमन्त्रीलाई सुनाएका छन् । 

rabi harka2.jpg

आइतबार मन्त्रालयमा भएको भेटमा प्रमुख साम्पाङले हरेक शुक्रबार सञ्चालन गरिरहेको ‘सुधारबार’ अभियानमा कुनै हप्ता आफू पनि सहभागी हुने गृहमन्त्री लामिछानेले प्रतिवद्धता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । प्रमुख साम्पाङद्वारा धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त सोत–साधनको माग गरेका थिए ।

साम्पाङले कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिले परिणाम खोज्ने हुँदा काम गर्न कठिन हुने गरेको प्रमुख गुनासो गरेका थिए । भेटमा साम्पाङले गृहमन्त्री लामिछानेलाई सुुझाव पनि दिएका छन् । उनले प्रहरीको मनोबल उच्च बनाउने गरी काम गर्न सुझाव दिएका हुन् । जवाफमा गृहमन्त्री लामिछानेले प्रहरीलाई ‘आम नागरिकलाई भरः गलत गर्नेलाई डर’ हुने संगठन बनाउने गृहमन्त्रीको प्रतिवद्धत जनाएका थिए ।