Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु

दैलेखको भैरवी गाउँपालिका–६, तोरिमुलकामा आज चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।

चट्याङ लागेर मृत्यु हुनेमा १२ वर्षीया शर्मिला कँडेलको मृत्यु भएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिए ।


उनका अनुसार चट्याङ परी घाइते भएकी उनको दुल्लु अस्पतालमा उपचार सम्भव नहुने भएपछि प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो । तर, उनको बाटोमै मृत्यु भएको हो ।

आज त्यहाँ हावाहुरी सहित बाक्लो असिना समेत परेको थियो ।