Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

घण्टी बजाउँदै रविले घोषणा गरे मिलनलाई रास्वपाको उम्मेदवार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित शीर्ष नेताहरूले आज (शनिबार) इलाममा मिलन लिम्बूलाई पार्टीको उम्मेदवार घोषणा गरेको छन् । आज इलाम चोक बजारमा घण्टी बजाउँदै आउँदो वैशाख १५ गते इलाम–२ मा हुने उपनिर्वाचनको उम्मेदवार मिलन लिम्बूलाई घोषणा गरिएको हो ।

उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले लिम्बूलाई चुवान चिन्ह घण्टी हस्तान्तरण गरेर उम्मेदवार घोषणा गरेका हुन् । आज मिलन लिम्बूको पक्षमा माहोल बनाउँदै उम्मेदवारी घोषणा गर्नका लागि उपसभापति स्वर्णिम वाग्ले, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, सांसद तोसिमा कार्की, सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलगायत नेताहरु इलाम पुगेका हुन् ।

उपनिर्वाचनका लागि हालसम्म नेकपा एमालेले उम्मेदवारको नाम अघि सारेको छ । भदौ २६ मा एमालेका उपाध्यक्ष सुवासचन्द्रको निधन भएपछि रिक्त पदमा नेम्बाङकै कान्छा छोरा सुहाङ नेम्बाङलाई बाबुको स्थानमा एमालेले उम्मेदवार रोजेको हो । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ मा उम्मेदवारी दर्ताको कार्यतालिका तोकेको छ।