Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

त्रिशूलीमा ट्याक्सी खस्दा पाँचजनाको मृत्यु

काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी मुग्लिननजिकै त्रिशूली नदीमा खस्दा पाँचजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका नायब उपरीक्षक डीएसपी श्रीराम भण्डारीले पाँचजनाको शव फेला परेको जानकारी दिए। उनका अनुसार तीन महिला, एक पुरुष र एक बालकको शव भेटिएको हो। तर उनीहरूको परिचय खुलेको छैन। 

चितवनको इच्छाकामना गाउँपालिका(५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक शनिबार बिहान सवा ७ बजे बा २ ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो।

ट्याक्सीमा कति यात्री सवार थिए भन्ने यकिन नभएको प्रहरीले जनाएको छ। गोताखोर टोली परिचालन गरी ट्याक्सी निकाल्ने तयारी भइरहेको छ।