Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

एसईईमा चिट चोराएको आरोपमा नक्कली गार्ड र शिक्षक प्रहरी फन्दामा

काठमाडौं । एसईई परीक्षामा चिट चोराएको आरोपमा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा बाराको देवताल गाउँपालिका–६ घर भइ कलैया उपमहानगरपालिका–२ स्थित अमर मावि दोहरीमा कार्यरत शिक्षक सुरेन्द्र यादव र बाराको आदर्शकोतवाल गाउँपालिका–३ घर भइ बारागढी गाउँपालिका–१ मा रहेको जनता मावि बुधगाईका नक्कली गार्डको रुपमा खटिएका विनोदप्रसाद यादव छन् ।

विनोदले नक्कली गार्ड बनेर चिट चोराएको प्रहरीको आरोप छ ।पक्राउ परेका शिक्षकले भने मोबाइलमार्फत चिट चोराउन भूमिका खेलेको आरोप रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।