Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

भिरबाट लडेर वडा सचिवको घटनास्थलमै मृत्यु

दार्चुलाको मालिकार्जुन गाउँपालिका–५ डाडाकोटस्थित भिरबाट लडेर एक वडा सचिवको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गाउँपालिकाको केन्द्र पस्तीबाट डाँडाकोट जाने क्रममा वडा सचिव ४० वर्षीय गंगाराम लुहारको मृत्यु भएको हो ।उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

घटना बिहीबार भएकोमा प्रहरीले शुक्रबार जानकारी पाएको बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ ।