Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

तत्काल सुदूरपश्चिम सरकार छोड्न नाउपाकी अध्यक्ष रञ्जिताको लिखित निर्देशन

नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले तत्काल सुदूरपश्चिम प्रदेश सरकार छाड्न संसदीय दलका नेतालाई निर्देशन दिएकी छन् ।

आज शुक्रबार अध्यक्ष रञ्जिताले प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र लेखेर सरकार छोड्न लिखित निर्देशन दिएकी हुन् । टीकापुरमा बुधबार बसेको पार्टीको संस्थापक केन्द्रीय सदस्यहरुको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको भन्दै उनले पत्रमा सरकार नछोडे पार्टीको विधान आकर्षित हुने चेतावनी समेत दिएकी छन् । 

पार्टीका संरक्षक रेशम चौधरीको निर्देशनमा सुदूरपश्चिममा नाउपाका ७ मध्ये ५ सांसद मन्त्री बनेका छन् ।