Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

चुनाव प्रचारका लागि गृहमन्त्रीसहित रास्वपाको टोली इलामतर्फ

आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको टोली त्यसतर्फ लागेका छन् ।

उपप्रधान एवं गृहमन्त्री समेत रहेका रास्वपा सभापतिसहित खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसहितको टोली त्यसतर्फ लागेका हुन् । उपनिर्वाचनका लागि रास्वपाले मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ । ६ जना व्यक्तिहरु उम्मेदवार बन्ने आकांक्षा देखाएपछि प्री– इलेक्सनमार्फत् रास्वपाले लिम्बुलाई उम्मेदवार बनाएको हो ।

आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ मा उपनिर्वाचन हुँदैछ ।