Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

२६५ यात्रु बोकेर कतार उडेको नेवानिको जहाजमा प्राविधिक समस्या देखिएपछि...

कतारको दोहा उडेको नेपाल वायुसेवा निगमको नाइनएन–एएलवाई कलसाइन जहाजमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौँ नै फिर्ता गरेर अवतरण गराइएको छ । 

२६५ जना यात्रु बोकेको जहाजको ‘हाइड्रोलिक सिस्टम’ मा समस्या देखिएपछि काठमाडौं फर्काइएको नेपाल एयरलाइन्सले जनाएको छ । निगमका प्रवक्ता देवेन्द्र पुनले कतार उडेको वाइडबडी ए–३३० को हाइड्रोलिक्समा समस्या भएर शुक्रवार बिहान ३ बजे काठमाडौं फिर्ता गरिएको जानकारी दिएका छन् ।

 ‘दोहा उड्दै गरेको जहाजको हाइड्रोलिक्समा समस्या देखिएपछि केही मिनेटमै काठमाडौं फिर्ता गरेर नर्मल अवतरण गराइएको हो’, उनले भने, ’जहाज अहिले ठीक भइसकेको छ । नियमित उडान अन्तर्गत दिल्ली उड्ने तयारीमा छ ।’