Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सुनको भाउमा नयाँ ‘रेकर्ड’, हेर्नुहोस् तोलाको कति पुग्यो?

नेपाली बजारमा सुनको भाउ हालसम्मकै महँगो भएर नयाँ ‘रेकर्ड’ कायम गरेको छ । आज (शुक्रबार) सुनको भाउ प्रतितोला एक लाख ३० हजार रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २ हजार रुपैयाँले बढेर आज प्रतितोला सुनको मूल्य एक लाख ३० हजार रुपैयाँ पुगेको हो । यसअघि बिहीबार एक तोला सुनको मूल्य एक लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

 तेजाबी सुन प्रतितोला एक लाख २७ हजार ३ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । सुनको मूल्य बढेसँगै चाँदीको पनि बढेको छ । प्रतितोला चाँदी एक हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ ।