Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

चार दिनदेखि हराईरहेका बालकको शव नारायणी नदीमा फेला

चार दिनदेखि घरबाट हराइरहेका बालकको शव नारायणी नदीमा फेला परेको छ । गत सोमबारदेखि हराएका १२ वर्षीय बालकको शव चार दिनपछि नारायणी नदीमा फेला हो । 

भरतपुर महानगरपालिका–११, होपचोक बस्ने वर्ष १२ का मनोज श्रेष्ठ सोमबारदेखि हराएका थिए । उनी हराएपछि परिवारले प्रहरीमा खबर गरे पनि तीन दिनसम्म फेला परेका थिएनन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एवंम् प्रहरी प्रवक्ता श्रीराम भण्डारीका अनुसार बिगत ४ दिनदेखि हराइरहेका बालकको शव बिहीबार भरतपुर महानगरपालिका –१६, ज्ञानेश्वर सामुदायिक वन पछाडि नारायणी नदीको किनारमा फेला परेको हो । 

बालकका आफन्त समेतको उपस्थितिमा शवको सनाखत भएको हो । सोबारेमा थप अनुसन्धान भइरहेको छ ।