काठमाडौं महानगरपालिका–१३ स्थित छाउनीमा एक चिकित्सक मृत भेटिएकी छिन् ।
जिल्ला अस्पताल धादिङमा कार्यरत सर्जन डा. प्रतिभा धौभडेल आफ्नै घरमा मृत भेटिएकी हुन् । उनका पतिले सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि वीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् ।
असार २५ बाट धादिङ अस्पतालमा कार्यरत उनी बिदामा काठमाडौँ आएकी हुन् । ३४ वर्षीया प्रतिभाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
घटनाबारे प्रहरी वृत कालिमाटीले अनुसन्धान गरिरहेको छ ।