Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

इलाम-२ मा रास्वपाले मिलन लिम्बुलाई उमेदवार बनाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम-२ का लागि मिलन लिम्बुलाई उमेदवार बनाएको छ ।

बिहीबार सबै ६ प्रारम्भिक उम्मेदवारसँग छलफल गरेपछि बाँकी पाँच जनाले आफ्नो उम्मेदवार फिर्ता लिएपछि लिम्बु उम्मेदवार बनेको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिएका छन् ।

प्रारम्भिक उमेदवारको सूचीमा रहेका ६ जनामध्ये पाँचजनाले उमेदवारी फिर्ता लिएपछि लिम्बु उमेदवार बनेका हुन् । प्रारम्भिक उमेदवारको सूचीमा लिम्बुसहित गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे र डा. शेषरमण न्यौपाने थिए ।

आगामी वैशाख १५ गते प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा उपनिर्वाचन हुँदै छ ।

rsp limbu.jpg