कर्णाली नदीमा हामफालेर बेपत्ता भएका लोकेन्द्र शाही मृत फेला परेका छन्।
होली पर्वको अवसरमा सोमबार दिउँसो चिसापानीस्थित कर्णाली नदीको पुलमाथि रमाइलो गर्दै पौडी खेल्न १७ जनाले हाम फालेका थिए। शाहीको शव टीकापुरको सन्कट्टी घाटमा भेटिएको हो।
कर्णाली नदीमा हामफालेकामध्ये कञ्चनपुर स्थायी घर भई कैलालीको लम्किचुहा नगरपालिका-३ चिसापानी बस्ने अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही पुलमाथिबाट हाम फाल्नेबित्तिकै बेपत्ता भएका थिए।उनको तीन दिनपछि बिहीबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उनले पुलबाट रमाइलो मान्दै फोटो सुट गर्दै पौडी खेल्न नदीमा हाम फालेका थिए। सुदूरपश्चिमको प्रवेशद्वारका रूपमा रहेको चिसापानीस्थित कर्णाली नदीमाथिको पुलबाट १७ जनाले हाम फालेका थिए ।
भिडियो: