Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

नेपाल र भारतबीच विद्युत् आयात सम्झौता नवीकरण

भारतले बिजुली घटाएर दियो, एक वर्षको सम्झौता तीन महिनाका लागि मात्रै नवीकरण

नेपाल र भारतबीच विद्युत् आयात सम्झौता नवीकरण भएको छ । आगामी जुन सम्मको लागि आयात अनुमति नवीकरण भएको हो । भारतले ढल्केबर मुजफ्फरपुर प्रसारणलाइनबाट ५ सय मेगावाट र टनकपुर प्रसारणलाइनबाट ५४ मेगावाट बिजुली ल्याउने अनुमति दिएको छ ।

इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे-अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धा गर्दै नेपाल विद्युत् प्राधिकरणले बिजुली खरिद गर्दै आएको छ । जसअनुसार खरिद गर्ने अघिल्लो दिन नै मूल्य र परिमाणसहित ‘बिडिङ’ हुन्छ । यो बजारमा भाग लिन २०७८ वैशाखमा नेपालले अनुमति पाएको थियो ।

पाँच वर्षको यो अनुमति हरेक वर्ष नवीकरण गर्नुपर्ने सर्त छ । साेही अनुसार भारतको प्रतिस्पर्धी बजारबाट विद्युत् आयात गर्ने अनुमति नेपालले हरेक वर्ष नवीकरण गर्दै आएको छ । यसपालि तीन महिनादेखि ताकेता गर्दा पनि भारतले नवीकरण गरेको थिएन ।

सम्झौता अनुसार भारतको एक्सचेन्ज मार्केटबाट आगामी तीन महिनासम्म ५ सय ५४ मेगावाट विद्युत् आयात गर्न पाइने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । अहिले नेपालले भारतबाट ६ सय ५० मेगावाट विद्युत् आयात गर्न पाउने व्यवस्था छ । 

भारतले बिजुली घटाएर दियो, एक वर्षको सम्झौता तीन महिनाका लागि मात्रै नवीकरण 

पाँच वर्षका लागि भए पनि प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने सम्झौताको म्याद मार्च ३१ मा सकिन्छ । यसअघिका वर्षमा भारतले वार्षिकरूपमा सम्झौता नवीकरण गरे पनि यसपटक तीन महिनाका लागि मात्रै अनुमति दिएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जुन ३० सम्मका लागि मात्रै भारतले आयात अनुमति दिएको बताए ।

यस्तै नेपालले आयात गर्दै आएको विद्युत् परिणाम समेत भारतले घटाएको छ । यसअघि साढे ६ सय मेगावाट विद्युत् आयात गर्दै आएकोमा यसपटक साढे पाँच सयमा झारेको छ ।