Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझीलाई हृदयाघात

नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई हृदयाघात भएको छ । 

उनलाई ‘मिनी हर्ट अट्याक’ भएपछि मनमोहन अस्पतालमा भर्ना गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ । चिकित्सकले उनलाई ४८ घण्टा अब्जर्भेसनमा राख्नुपर्ने बताएका छन् ।

पारिवारिक स्रोतका अनुसार उनलाई हिजो बिहान ८ः३० मा अस्पताल लगिएको थियो ।