प्रभु बैंक लिमिटेडले ‘ग्लोबल मनी विक–२०२४’ अन्तर्गत विभिन्न स्थानमा रहेका शाखा कार्यालयबाट वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
बैंकले चैत्र ५ गतेदेखि ११ सम्म १३० शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको जनाएको छ । जसमा वित्तीय साक्षरता, साइकल र्याली, बालबालिका र युवालक्षित चेतनामूलक कार्यक्रम तथा प्रभातफेरी आयोजना गरिएको थियो ।
हाल प्रभु बैंकले नेपालभर ३०२ शाखा कार्यालय, ३१० एटीएमका साथै ७१ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।