Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

पूर्वडीआइजी रमेश खरेलले दिए राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीनामा, के छ राजीनामा पत्रमा?

पूर्वडीआइजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट राजीनामा दिएका छन् । पूर्वडीआईजी खरेलले बुधबार मात्र पार्टीमा राजीनामा पत्र बुझाएका हुन् ।

आम चुनाव २०७९ मा काठमाडौं–१ मा चुनाव लडेका उनी गत वैशाख १० मा भएको उपचुनावमा रास्वपामा जोडिएका थिए । खरेल रास्वपाबाट बारा–२ मा उपचुनाव लडेका थिए, तर जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादवसँग पराजित थिए ।

rameshlharel.jpg

चुनावपछि रास्वपाको कुनै भूमिकामा नरहेका खरेलले पछिल्लो समय पार्टी सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाउँदै आएका थिए ।

यसलाई लिएर रास्वपाले स्पष्टीकरण सोधेको थियो । खरेलले जवाफको साटो राजीनामा पत्र केन्द्रीय कार्यालयले बताएको छ ।