Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति देउवाबीच मध्यरातमा १ घण्टा छलफल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

गएराति १० बजे प्रधानमन्त्री प्रचण्डलाई भेट्न देउवा प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री प्रचण्ड र देउवाबीच झण्डै १ घण्टा छलफल भएको बताइएको छ ।

भेटमा टीआरसी विधेयक, बैशाख १५ गते हुने उपनिर्वाचन लगायतका समसामयिक विषयमा छलफल भएको स्रोतको दाबी छ। मंगलबार दिउँसो राष्ट्रिय सभाका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले पनि प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए ।

इलाम २ र बझाङको प्रदेशसभा–१ मा बैशाख १५ गते निर्वाचन हुँदैछ ।