Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

कोशी सरकारको मन्त्रिपरिषद बैठक आज धनकुटामा बस्दै

‘पहाडी क्षेत्रको विकासमा सरकार प्रतिबद्ध छ’

कोशी प्रदेश सरकारको आज धनकुटामा मन्त्रिपरिषद्को बैठक बस्दै छ । कोशी प्रदेशको धनकुटास्थित सम्पर्क कार्यालयमा मंगलबार मन्त्रिपरिषद्को बैठक बस्ने उनको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री कार्कीले विगतका सरकारले स्थापना गरेको धनकुटाको सम्पर्क कार्यालय अब नियमित सञ्चालन हुने बताएका छन् । मन्त्रिपरिषद्को बैठकमा सहभागी हुन धनकुटा पुगेका मुख्यमन्त्री कार्की आज धनकुटामा आयोजना हुने प्रदेश योजना आयोगको योजना तर्जुमा सुझाव सङ्कलन कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविकासँगको अन्तरक्रिया, धनकुटा औद्योगिक ग्रामको अवलोकन, खेलाडी सम्मान कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

‘पहाडी क्षेत्रको विकासमा सरकार प्रतिबद्ध छ’
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पहाडी क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । कोशी प्रदेश मुख्यमन्त्री सम्पर्क कार्यालय धनकुटामा मन्त्रिपरिषद् बैठकका लागि धनकुटा आएका मुख्यमन्त्री कार्कीले विकास कार्य जनतासँग जोडिनुपर्ने भएकाले सरकारको नीतिमा सुधार आउनुपर्ने बताए ।

धनकुटाका पत्रकारसँगको छलफलमा मुख्यमन्त्री कार्कीले विगतका प्रदेश सरकारले धनकुटामा सम्पर्क कार्यालय स्थापना गरेका थिए । उनले त्यतिबेला सञ्चालन नभएको सम्पर्क कार्यालय अब नियमित रूपमा सञ्चालन हुने बताए । आज मुख्यमन्त्री कार्की धनकुटामा आयोजना हुने प्रदेश योजना आयोगको योजना तर्जुमा सुझाव सङ्कलन कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविकासँगको अन्तरक्रिया, धनकुटा औद्योगिक ग्रामको अवलोकन, खेलाडी सम्मान कार्यक्रममा सहभागी हुने मुख्यमन्त्रीका प्रेस सल्लाहकार लीलाबल्लव घिमिरेले बताए ।