कैलालीको चिसापानी स्थित कर्णाली पुलबाट नदीमा हाम फालेका एक युवक बेपत्ता भएका छन्।
आज(सोमबार) दिउँसो चिसापानीस्थित कर्णाली नदीमाथि पौडी खेल्न हाम फालेका १७ जनामध्ये एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ। उनीहरु होली खेलेर रमाउन नदीमा हाम फालेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन ।
लम्कीचुहा नगरपालिका–३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका हुन्। नदीमा हाम फाल्नुको कारण भने खुलेको छैन्।
पुलबाट हाम फालेको फोटो सुट गर्दै पौडी खेल्न नदीमा हाम फालेका उनी बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बेपत्ता शाहको खोजी कार्य भइरहेको छ।
भिडियो: