Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

इलाम–२ मा सुवास नेम्वाङका कान्छा छोरा सुहाङलाई उमेदवार बनाउने एमालेको निर्णय

 नेकपा (एमाले)ले इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उमेदवार बनाउने निर्णय गरेको छ ।

आइतबार बसेको सचिवालय बैठकबाट नेम्वाङलाई उमेदवार बनाउने निर्णय गरिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । सुहाङ दिवंगत नेता, संविधानसभाका अध्यक्ष एवं एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङका कान्छा छोरा हुन् । यस्तै, बझाङ क्षेत्र नम्बर–१ ‘क’मा दमनबहादुर भण्डारीलाई उमेदवार बनाउने निर्णय गरिएको ज्ञवालीले जानकारी दिए । भण्डारी एमाले बझाङ जिल्ला अध्यक्ष हुन्  उमेदवारका पक्षमा समर्थन गर्न अपिल गर्ने निर्णय पनि गरिएको ज्ञवालीले बताए ।

आउँदो वैशाख १५ गते ती क्षेत्रमा उपनिर्वाचन हुँदै छ । त्यसका निम्ति यही चैत २४ गते उमेदवारी दर्ता गर्ने कार्यतालिका छ । एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उक्त निर्वाचनन क्षेत्र खाली थियो।

सोही निर्वाचनमा क्षेत्रमा एमालेले उनका कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। कानूनव्यवसायी सुहाङले यसअघि नै निर्वाचनका लागि आफ्नो गतिविधि अघि बढाएका थिए। त्यसैगरी बैठकले बझाङ प्रदेश १ को उपनिर्वाचनमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय पनि गरेको छ।

दुवै उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउने अभियानमा सिंगो पार्टी पंक्तिलाई जुट्न र अन्य दलहरूको पनि सहयोगका लागि बैठकले अपिल गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

उपमहासचिव ज्ञवालीले भने, ‘यो बैठकले वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङ र बझाङको प्रदेशसभा १ बाट दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। सिंगो पार्टी शक्ति नेकपा एमालेको विजयी केन्द्रित हुने, गर्ने र अरू पार्टीलाई पनि हाम्रो उम्मेदवारको पक्षमा सहयोग, समर्थन र सद्भावका लागि अपिल गर्ने निर्णय पनि गरेको छ।’

एमालेले ऐन महरलाई पार्टी केन्द्रीय सदस्यमा मनोनीत पनि गरेको छ। उनले पार्टीमा सक्रिय भएर इमान्दारीका साथ काम गर्ने प्रतिबद्धता जनाएकाले पुनः केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरिएको पनि पार्टी उपमहासचिव ज्ञवालीले बताए।