Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मधेसमा मन्त्रिपरिषद विस्तारः एमालेका तीन मन्त्रीले लिए शपथ

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले एमालेबाट थप तीन मन्त्री नियुक्त गर्दै मन्त्रिमण्डल विस्तार गरेका छन् । आज शनिबार नेकपा एमालेका थप तीन सांसदले मन्त्रीको शपथ लिएका हुन् ।

एमालेका प्रदेशसभा सदस्यहरु शत्रुधनप्रसाद सिंह कोइरी, राजकुमार लेखी र स्वतन्त्र जितेर एमाले प्रवेश गरेका प्रमोद जयसवालले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष मन्त्री पदको शपथ लिएका छन् । राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री र एमालेमा प्रवेश गरेका प्रमोद जयसवालले शिक्षा तथा संस्कृति मन्त्रीको रुपमा शपथ लिएका हुन् ।

तीन मन्त्रीका साथै केशव रायले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको शपथ लिएका छन् । यसअघि मधेश सरकारमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले भौतिक पूर्वाधार मन्त्रीका रुपमा शपथ लिइसकेका छन् । शनिबार मन्त्रिपरिषद विस्तारसँगै मधेश सरकारमा एमालेका ४ जना मन्त्री बनेका छन् ।

नेपाली कांग्रेस–माओवादी–जसपा गठबन्धन भत्किएरका नेकपा एमालेसहितको गठबन्धन बनेपछि मुख्यमन्त्री यादवले कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गरेका थिए । त्यस्तै मधेश सरकारबाट जनमत पार्टीका २ जना बाहिरिएपछि कुल ५ वटा मन्त्रालय खाली भएको थियो । जसमध्ये ४ वटा एमालेले पाएको छ भने एउटा माओवादी केन्द्रलाई दिने मुख्यमन्त्रीको तयारी छ ।