Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

‘राजनीतिमा इच्छा थिएन, मगर भएकै कारण उपसभामुख भएँ’

उपसभामुख इन्दिरा राना मगरले आफु मगर भएको कारणले मात्र उपसभामुख हुन पाउने अवसर प्राप्त गरेको बताएकी छिन् ।

शुक्रबार काठमाडौंमा  आयोजित अन्तर्राष्ट्रिय मगर सेमिनारमा बोल्दै उनले राजनीति आफ्नो रुचीको विषय नभएकाले कुनै पार्टीको सदस्यतासमेत नलिएको आफूले मगरको छोरी भएकै कारण त्यसको कोटा पाएर उपसभामुख हुने अवसर प्राप्त भएको बताएकी हुन् ।

Indira Rana Magar.jpg

उनले भनिन्, ‘म राजनीति नै मन नपराउने मान्छे । आज देशको उपसभामुख भएकी छु । त्यो वास्तवमा मगर भएकै कारणले गर्दा हो । राजनीतिमा म कुनै पार्टीको सदस्य पनि थिईन् । म राजनीतिमा आए त्यो मगरको छोरी भएकै कारण कोटामा मैले मौका पाएकी छु । देशलाई बुझ्ने मौका पाएकी छु ।’

उनले धेरैजसो बिर गोर्खाली मगर जाति नै हुने गरेको भन्दै विश्वमा नै मगर जाति सरल, इमान्दारी र सोझा भनेर चिनिने गरेकोले त्यो मगर जातिको ब्राण्डिङ रहेको उनको भनाई छ ।