सुन तस्करी प्रकरणमा जोडिएको आरोपमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा थुनामुक्त भएका छन् । उनलाई हाजिरी जमानीमा छाडिएको बताइएको छ ।
नौ किलो सुन तस्करी प्रकरणमा महरा पक्राउ परेका थिए । सरकारी वकिल कार्यालयले दिएको जानकारीअनुसार उनलाई हाजिर जमानीमा छाडिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी होविन्द्र बोगटीका अनुसार महराको स्वास्थ्यको कारण उनका छोरा निर्मलको जिम्मा जमानीमा छाडिएको हो ।
महराको बयान बिहीबार नै सकिएको थियो । महराको बयान बिहीबार नै सकिएको थियो । पक्राउ परेलगत्तै नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । नर्भिक अस्पतालबाट लगेर महराको बयान लिइएको थियो ।