Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

कृषि विकास बैंकद्वारा विद्यार्थीसँग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकले धनुषाको यदु कुहामा विद्यार्थीसँग बैंक कार्यक्रम सञ्चालन गरेको छ । बैंकको मधेश प्रदेश कार्यालय जनकपुरधामको आयोजनामा शहीद नगर न.पा.–३ स्थित जनता एकता प्राविधिक माध्यमिक विद्यालयमा बुधवार विद्यार्थीसँग बैंक कार्यक्रम सञ्चालन भएको हो ।

ग्लोबल मनि वीकको अवसर पारेर बैंकद्वारा आयोजित कार्यक्रममा विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत व्यवस्थापन संकायतर्फका विद्यार्थीहरु र सोही विद्यालयका शिक्षकहरुको सहभागितामा उक्त कार्यक्रम आयोजना गरिएको कार्यालयका सूचना अधिकारी जयराम शर्माले जानकारी दिए । बैंकका मधेश प्रदेश निर्देशक तिलक प्रधानको अध्यक्षता रहेको उक्त कार्यक्रमको प्रमुख अतिथीको रुपमा बैंकका उप–महाप्रबन्धक डा.बाबुकाजी थापा रहेका थिए ।

करिब ९० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रदीप साह, व्यवस्थापन संकायका संयोजक गजेन्द्र यादव, बैंकका कर्मचारीहरु महेश साह, रामसेवक साह, संजीव यादव,स्थानीय अगुवा कृषक कन्हैया प्रसाद मुखिया लगायत विद्यालयका शिक्षकहरुको समेत उपस्थिति रहेको थियो ।