Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

बाँसबारी जग्गा प्रकरणमा बयान दिएकै दिन विदेश उडे विनोद चौधरी

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा तानिएका नेपाली कांग्रेसका सांसद तथा अर्बपति उद्योगपति विनोद चौधरी श्रीलङ्का उडेका छन् ।

बाँसबारी जग्गा प्रकरणमा आज बिहीबार बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) र सरकारी वकिल कार्यालयमा बयान दिएपछि चौधरी आजै दिउँसो श्रीलङ्गा उडेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार चौधरी दिउँसो १ः५७ को श्रीलङ्कन एयरलाइन्सको विमानमार्फत श्रीलङ्काको राजधानी कोलम्बो गएका हुन् । उनी नियमित कामको शिलशिलमा त्यहाँ गएको बताइएको छ ।

आज बिहान चौधरी आफै सीआईबीको कार्यालयमा पुगेका थिए । त्यस लगत्तै सरकारी वकिलको कार्यालयमा लगेर उनीसँग बयान लिइएको थियो । हिजो सीआईबीले सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै बाँसबारी जग्गा प्रकरणमा चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी गराएको थियो ।

गत आइतबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले चौधरीको बयान लिन निर्देशन दिएका थिए । बाँसबारीको १० रोपनी सरकारी जग्गा कीर्ते गरी निजी बनाएको भन्दै सीआईबीले अनुसन्धान गरिरहेको छ । यसअघि चौधरीका भाइ समेत रहेका उद्योगपति अरुण चौधरीलाई पक्राउ गरेर यो प्रकरणमा अनुसन्धान अघि बढाइएको थियो । तर, उनी अदालतको आदेशबाट रिहा भएका थिए । यस्तै सीआइबीले बसन्त चौधरीसँग पनि बयान लिएको छ ।