Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

अमेरिकाको १० बढी शहरमा ‘उपहार’ को नियमित ‘शो’

गत आइतबार अमेरिकाको कोलोराडो राज्यमा पहिलो शोको आयोजना गर्दै विदेश यात्रा थालेको फिल्म ‘उपहार’ अब नियमित (रेगुलर) शोमा प्रदर्शन हुने भएको छ ।

गत १९ तारिखमा कोलोराडो मै दोस्रो शोको समेत आयोजना गरिएको फिल्मको अमेरिकामा उच्च माग भएपछि निर्माण टिमले भोली शुक्रबारबाट अमेरिकाका १० बढि शहरमा रेगुलर शोसहित रिलिज गर्न लागेको हो । अभिनेत्री तथा निर्मात्री रेखा थापाले दिएको जानकारी अनुसार भोलि शुक्रबार अर्थात् मार्च २२ तारिकदेखि टेक्सासको डालस, नेब्रास्काको ओमाहा, ओहायोको कोलम्बस र क्यालिफोर्नियाको लस एन्जलस् सहर लगायतका अन्य सहरमा पनि प्रदर्शन हुँदैछ ।

‘दर्शकहरुबाट अत्याधिक माग भएपछि आफूहरुले फिल्म रेगुलर शोमा नै रिलिज गर्न लागेका हौं’, अभिनेत्री थापाले भनिन् । रेखा फिल्मस् र कपनगढी सिनेमाको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतको अभिनय छ ।

ज्ञानेन्द्र देउजाद्वारा निर्देशित फिल्मबाट अभिनेत्री रेखा थापाले मालिका रिलिजको ५ बर्षपछि निर्माण र अभिनयमा कमब्याक गरेकी हुन् । बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । विष्णु कल्पित घिमिरेको छायांकन रेहको फिल्ममा मित्र डि गुरुङको सम्पादन छ । फिल्ममा अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको सिनेमा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद छ ।