Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

अटो दुर्घटनामा एमाले नेताको मृत्यु, दुई जना घाइते

पूर्वी नवलपरासीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार मध्यविन्दु नगरपालिका ११ कोटथर गरगरेस्थित भित्रि सडक खण्ड दमाबाट अरुणखोला आउँदै गरेको ग.प्र. ०४–००१ ह ००४ नम्बरको अटो नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मध्यविन्दु १२ निवासी ७० वर्षीय भुपलाल अर्यालको निधन भएको छ । दुर्घटनामा गम्भीर घाइते अर्यालको उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो । त्यसै गरी दुर्घटनामा परी मध्यविन्दु १० निवासी ७६ वर्षीय टिकादेवी काफ्ले, मध्यविन्दु १२ निवासी ७० वर्षीय तोयनाथ पोख्रेल घाइते भएका छन् ।

उनीहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । अटो चालक प्रहरी निणन्त्रणमा छन् । निधन भएका अर्याल एमाले नवलपुरका जिल्ला कमिटी सदस्य हुन् ।