Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

एक साताका लागि राष्ट्रिय सभाको बैठक स्थगित

राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित गरिएको छ । यही चैत १५ गते दिउँसो सवा १ बजे बस्नेगरी बुधबारको बैठक स्थगित गरिएको हो ।

बुधबारको बैठकमा प्रिबजेट छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएका थिए भने अनुमगन तथा मूल्यांकनसम्बन्धी विधेयकमा प्रतिनिधिसभाले गरेको संशोधनमा सर्वसम्मति जनाएको छ ।

साथै बैठकले राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिमा रहने गरी सात जनाको नाम मनोनयन गरेको छ ।