Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिमा सात जना मनोनयन

राष्ट्रियसभा कार्य व्यवस्था परामर्श समितिमा सात जना मनोनित भएका छन् ।

राष्ट्रियसभाको आज बुधबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले आनन्दप्रसाद ढुंगाना, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदनकुमारी साह, मोहम्मद खालिद, शेखरकुमार सिंहलाई राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिका मनोनयनका लागि प्रस्ता परेका थिए । राष्ट्रियसभा अध्यक्ष दाहालको प्रस्ताव बैठकले पारित पनि गरेको छ ।

राष्ट्रियसभा अध्यक्ष दाहालले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३ को उपनियम १ बमोजिम कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरू मनोनित गरेका हुन् ।