Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन सम्भव छैनः ओली

सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न सम्भव नभएको प्रतिक्रिया दिएका छन् ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले लामिछानेको राजीनामा माग्दै समिति गठन गर्न माग गरेको छ । त्यस विषयमा प्रतिक्रिया दिंदै ओलीले गृहमन्त्री लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठन सम्भव नभएको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आज संसदमा उठेका प्रश्नको जवाफ दिँदै लामिछाने सहकारी ठगीमा जोडिएको प्रमाण नभएको बताएका थिए । तर, लगत्तै बोलेका कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले लामिछानेमाथि पर्याप्त प्रमाण भएकाले छानबिन गर्न समिति गठन गर्न माग गरेका थिए ।