Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

अध्यागमन विभागको महानिर्देशकमा निरौला, फेरिए ११ जिल्लाका सीडीओ (सूचीसहित)

सरकारले अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी कोषहरि निरौलालाई दिएको छ । आज मंगलबार गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव निरौलालाई दिएको हो ।

तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेपछि ६ फागुनयता विभाग महानिर्देशकविहीन थियो । निरौला यसअघि गृह मन्त्रालयको सहसचिवका रूपमा कार्यरत थिए । यस्तै त्रिभुवन विमास्थल अध्यागमन कार्यालय प्रमुखको जिम्मेवारी सहसचिव नरबहादुर थापाले पाएका छन् ।

यसअघि त्रिभुवन विमास्थल अध्यागमन कार्यालयका प्रमुख रहेका गोगनबहादुर हमाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको छ । गृह मन्त्रालयले अर्घाखाँची, लमजुङ, रोल्पा, ओखलढुंगा, संखुवासभा, दार्चुलालगायत ११ जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।

गृह मन्त्रालयले अर्घाखाँचीमा सूर्यबहादुर क्षेत्री, लमजुङमा बुद्धबहादुर गुरुङ, रोल्पामा खिमबहादुर रायमाझी, ओखलढुंगामा नारायण ढकाल, संखुवासभामा ध्रुबहादुर खड्का, दार्चुलामा यज्ञराज जोशी, जाजरकोटमा ऋषिराज आचार्य, धनुषामा रामराज कडरिया, तेह्रथुममा मीना अर्याल, ताप्लेजुङमा रवीन्द्र आचार्य र खोटाङमा शिवकुमार कार्कीलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

हेर्नुस् यस्तो छ सरुवा

undefinedundefined