आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ ३ सय रुपैयाँले घटेको हो ।
सोमबार प्रतितोला १ लाख २५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।