Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

माओवादी पदाधिकारी बैठक बस्दै, महरा पक्राउबारे छलफल

सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज मंगलबार बस्दैछ । पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि भिन्न परिस्थितिमा छलफल गर्नका लागि सो बैठक बोलाइएको हो । बैठक बिहान ८ बजेदेखि सुरू हुनेछ ।

बैठकमा समसमायिक राजनीतिक बिषयमा कुराकानी हुने तथा पदाधिकारीदेखि केन्द्रिय नेताहरूको कार्यबिभाजनको बारेमा पनि छलफल हुने जनाइएको छ । महरामाथि विद्युतीय चुरोट (भेप) मा सुन तस्करी गरेको आरोप छ । 

महराका छोरा राहुलविरुद्ध पनि मुद्दा चलिरहेको छ । राहुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा समातिएको सुन छुटाउन दबाब दिएको आरोप छ । महरालाई अनुसन्धानका लागि ४ दिन पुर्पक्षमा राख्रन अदालतले अनुमति दिएको छ ।