Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

बागलुङको निसीखोलामा बस दुर्घटना: सातजनाको मृत्यु, २० जना घाइते

 बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा बस दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकामध्ये २४ जनाको उद्धार गरिएको छ। रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस आज (सोमवार) साँझ बस मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो।

रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस आज साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको हो ।

बस सडकबाट करिब तीन सय मिटर तल पुगेको र उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए।

घटनाको थप विवरण आउन बाँकी रहेको छ ।